• इजाजत पत्र प्राप्त प्रमाणिकरण गर्ने निकाय

ज्ञान आधार

१. विधुतीय हस्ताक्षर भनेको के हो? 
विधुतीय हस्ताक्षर भनेको विधुतीय प्रकारको हस्ताक्षर हो जस्को प्रयोगलेसन्देश प्रेषक अथवा कागजात हस्ताक्षरकर्ताको पहिचान प्रमाणिकरण गर्नुको साथै सन्देश अथवा कागजातकको मूल सामग्री अपरिवर्तित रुपमा पठाउने गर्छ ।विधुतीय हस्ताक्षर सजिलै प्रयोग गर्न सकिन्छ र अरू कसैले अनुकरण गर्न सक्दैनन् ।
यो मूल हस्ताक्षर सन्देश आइपुगेको सुनिश्चित गर्ने क्षमताको मतलब प्रेषकले सजिलै पछि नामंजूर गर्न सक्दैन भन्नु हो।


२. विधुतीय हस्ताक्षर किन प्रयोग गर्ने?
ई - कारोबार र इन्टरनेट वातावरणमा सुचनाको सुरक्षा र प्रमाणीकरण सबैभन्दा गम्भीर मुद्दा हो । त्यसैले जसरीसमाजमाकानून र व्यवस्थाकायम गर्नु राज्यको जिम्मेवारी हो त्यसरीनै सूचना र प्रविधिमा, खासगरी ई - कारोबार र इन्टरनेट वातावरणकानून र व्यवस्था कायम गर्नु पनि राज्यकै जिम्मा हो ।


३. Certifying Authority (CA) भनेको के हो?
विधुतीय प्रमाणपत्रहरू जारी गर्ने एक विश्वसनीय तेस्रो-पक्ष संस्था वा कम्पनीले पहिले विधुतीय हस्ताक्षर रसार्वजनिक – निजी जोडी सांचो(Public-Private Key Pair) हरू बनाउने गर्थ्यो।यस प्रक्रियामा  CA को भूमिकाव्यक्तिगत अद्वितीय प्रमाणपत्र दिइएको व्यक्तिनै आधिकारिक व्यक्ति हो भन्ने दाबीको ग्यारेन्टी प्रदान गर्ने हुन्छ । सामान्यतया यस्तो दावीको पुष्टि गर्न, CA ले क्रेडिट कार्ड कम्पनी जस्तैएक वित्तीय संस्था संग प्रबन्ध मिलाएको हुन्छ।CA हरू डाटा सुरक्षा र ई – कारोबारको क्षेत्रमा महत्वपुर्ण संस्था हुन्, किनभने तिनले सूचना आदानप्रदान गरिरहेका दुइ पक्षको आधिकारिकतको पुष्टि गर्ने गर्दछ।

प्रमाणपत्रहरूको उद्देश्यको आधारमाCA संस्था भित्र अथवा बाहिर हुन सक्छन्।आफ्ना कर्मचारीहरुले मात्रसंस्थाको डेटाबेस प्रयोग गर्न पाउने सर्तमा कुनै पनि संस्थाले यस्तो प्रमाणपत्र आफ्ना कर्मचारीहरुलाई जारी गर्न सक्छ हुन्छ तर एक इन्टरनेट प्रयोगकर्तालेएक चिरपरिचित र विश्वसनीय CA बाट मात्र प्रमाणपत्रको लागि अनुरोध गर्न सक्छन् ।


४. विधुतीय प्रमाणपत्रहरु के हुन्?
विधुतीय प्रमाणपत्रहरु भौतिक वा कागजी प्रमाणपत्रहरु समान (विधुतीय ढांचामा) हुन ׀ चालक अनुमतिपत्र, राहदानी वा सदस्यता कार्ड भौतिक प्रमाणपत्रका उदाहरण हुन. प्रमाणपत्रहरुले केहि कार्यको लागि व्यक्तिको पहिचानको काम गर्छन, जस्तो: चालक अनुमतिपत्रले कुनै खास देशमा सवारी चलाउन पाउने चालकलाई कानुनीरुपमा पहिचान गर्छ ׀ त्यसैगरी, विधुतीय प्रमाणपत्रलाई विधुतीय रुपमा आफ्नो पहिचान साबित गर्न वा सूचना, सेवाहरु प्रयोग गर्ने अनुमति प्रदान गर्न प्रयोग गरीन्छ ׀


५. खासमा विधुतीय हस्ताक्षर भनेको के हो?
एउटा चिठी आधिकारिक व्यक्तिबाट आएको हो भनेर प्रमाणित गर्न लिखित हस्ताक्षर त्यस चिठीसँग जोडिएको हुन्छ, विधुतीय हस्ताक्षरले पनि सोहि काम विधुतीय सन्देशको लागि गर्दछ ׀

विधुतीय हस्ताक्षर भनेको कुनै पनि सन्देशको encryptedरुप हो, जुन पठाईएको सन्देशसंगै जोडिएको हुन्छ ׀एक सुरक्षित विधुतीय हस्ताक्षर प्रणालीमा दुईवटा भाग हुन्छ: कागजात हस्ताक्षर गर्ने एउटा तरिका जसमा जालसाजी गरेको थाहा हुन्छ र हस्ताक्षर जोकोहीको हो उसैबाट आएको हो भनेर प्रमाणित गर्ने तरिका ׀public key vs secret key: कुन प्रणाली ठीक हो? दुवैको संयोजन उपयुक्त हुन्छ ׀Public keyप्रयोग गरी सूचना encrypt गर्ने प्रक्रिया secret keyबाट गरिने भन्दा ढिलो हुन्छ ׀ तैपनिsecret keyप्रणालीको बेफाइदा भनेको, यसलाई स्थानान्तरण गर्न की कुनै संचार मार्ग आवश्यक पर्छ वा हातहातमा पठाउनुपर्ने हुन्छ, र यसक्रममा अरु कसैले उक्त secret keyबारे थाहा पुन सक्छ ׀

Public keyप्रणालीमा भने यो समस्या हुदैन, किनभने private keyहरु कसैलाई पनि पठाईरहनु वा भनिरहनु पर्दैन. आफ्नो private keyको सुरक्षा गर्नु प्रयोगकर्ताकै जिम्मा हुन्छ ׀ त्यसैले ती दुवै प्रणालीको राम्रो कुराहरुको फाइदा उठाउन, दुबैलाई संयोजन गरेर प्रयोग गरीन्छ ׀यस्तो प्रणालीमा पहिला public keyप्रक्रिया बाट secret keyनिकालिन्छ र त्यसको सहायताबाट सन्देशहरु encryptगरिन्छ भने public keyप्रक्रियाबाट secret keyलाई encrypt गरीन्छ जुन secret key encryptedसन्देशमा लगेर जोडिन्छ ׀