• इजाजत पत्र प्राप्त प्रमाणिकरण गर्ने निकाय

सर्टिफिकेट्को प्रकार

हस्ताक्षर प्रमाणपत्र (Signature Certificate)

हस्ताक्षर प्रमाणपत्र व्यक्ति वा संस्थाहरूले विधुतीय हस्ताक्षर गर्न प्रयोग गर्छन्। प्रमुख जोडी साचो निजी आवेदक / सदस्यका लागी बनाईएको हुन्छ र सुरक्षित माध्यमले आफ्नो निजी साचो राख्नन निहित गरिएको हुन्छ र हस्ताक्षर प्रमाणपत्र सीपीएस (CPS) मा उल्लेख गरिएको प्रमाणीकरण प्रक्रिया पछि मात्र जारी गरिन्छ रजारी गरिएको प्रमाणपत्र लिने व्यक्ति वा संस्थाहरूले हस्ताक्षर प्रमाणीकरणका लागि प्रयोग गर्न सक्नेछन।
 

इंक्रिप्शन प्रमाणपत्र (Encryption Certificate)

इंक्रिप्शनसाचो सदस्य द्वारा इंक्रिप्शन सन्देश प्राप्त गर्न प्रयोग गर्नेछन्जुन सन्देशप्रेषकले सार्वजनिक साचोको प्रयोगलेइंक्रिप्शन गरिएको हुन्छ।आफ्नो परिचय र ठेगाना सहित सदस्यहरुले आवेदन फारम भर्नेछन् र RADIANTCA लाईवा कुनै RAs मा पेश गर्नेछन् । RAs मा आएको आवेदनको आईडी(ID) र ठेगाना प्रमाण पुष्टि गरिन्छ र पारित गरिन्छ।सदस्यलाई आफ्नो प्रमाणपत्र सुरक्षा को लागी पोर्टलको पासवोर्ड प्रधान गरिन्छ रआवेदनपारित भएपछि सर्भरले उत्पन्न गरेको प्रमाणपत्र पोर्टलमा ग्राहकका लागि उपलब्ध गराईन्छ। सदस्यले आफ्नो विधुतीय आईडीबाट लगिन गरपछि पोर्टलबाट आफ्नो प्रमाणपत्र डाउनलोड गर्नसकिन्छ।
 

विधुतीय उपकरण / प्रणाली प्रमाणपत्र (Device/System Certificate)

उपकरण (Device) / प्रणाली प्रमाणपत्र (System Certificate) मा Firewall, Router, Computer आदिलाई जारी गरिएको विधुतीय प्रमाणपत्र जारी गरिएको हुन्छ।
 

SSL सर्भर प्रमाणपत्र (SSL Server Certificate)

SSL सर्भर प्रमाणपत्रहरु वेब (Web) सर्भरहरु र संस्था सम्बन्धी सूचना रहेको विधुतीय परिचयवाहक हुन्।यी प्रमाणपत्रहरुलेप्रयोगकर्तालाई सर्भर प्रमाणीकरण गर्न, वेभ सामाग्रीहरुको बैधानिकता जाच्न र सुरक्षित जडान (connection) गर्न मद्दत पुर्याउंछ।
 

कोड साइनिङ प्रमाणपत्र (Code Signing Certificate)

कोड साइनिङका  प्रमाणपत्रले प्रयोगकर्तालाई डाउनलोड गरीएको कोडमा भरोसा बढाउन गर्न मद्दत गर्छ। यसले प्रयोगकर्तालाई हस्ताक्षरकर्तालाईपहिचान गरी, अरु कसैबाट परिमार्जन गरिएको छ/छैन भनेर निर्धारण गर्न सघाउंछ। हस्ताक्षर गरिएको कोडहरु जावा एप्लेटहरू , जावा स्क्रिप्ट , प्लग -इन , ActiveX  control को अरु कुनैपनि कोडहरुहुन सक्छन।
 

Document हस्ताक्षरकर्ता प्रमाणपत्र (Document Signer Certificate)
दस्तावेज हस्ताक्षरकर्ता प्रमाणपत्र संस्थागत सफ्टवेयर application हरु मा जारी गरिन्छ ताकि यसले संस्थासंग सम्बन्धित दस्तावेज/सूचनालाईविधुतीय हस्ताक्षर प्रयोग गरी स्वतः प्रमाणीकरण गर्न सकोस्।